Friday 16th October 2026

कुवेतमा पहिलो दिनमा एक हजार जनाले खोप लगाए


तितोपाटी- कुवेतमा बिहीबार फाइजर–बायोटेक भ्याक्सिन पहिलो चरणको अभियान थालेपछि एकहजार मानिसहरूलाई कोभिड–१९खोपको पहिलो खुराक दिइएको छ।

कोरोना भाइरसको प्रभावकारी र अनुमोदित खोप प्रदान गर्ने छिटो र छरितो देशहरुमा पर्ने कुवेतले गत बिहिवारदेखी देशभर निसुल्क खोप अभियान सुरु गरेको छ।

अभियान सुरु भएको पहिलो दिनमा एक हजार जनाले खोप लगाएका छन।

कुवेतका प्रधानमन्त्री– सबा अल खेलेद अल सबा, र स्वास्थ्य मन्त्री बासिल अल साबद्वारा भाइरस विरुद्ध फाइजर– बायोटेक कम्पनिकोखोप लगाएर उक्त अभियानको उद्घाटन गरेका थिए।

खोप लगाउनेहरु मध्य कुवेतका प्रधानमन्त्री स्वास्थ्य मन्त्री  लगायत ६५ बर्ष भन्दा माथिका धेरै सांसद रहेका थिए। फ्रन्टलाइन श्रमिकहरु, चिकित्सक, निजी पेशेवरहरू र ६५ बर्ष भन्दा माथि उमेर पुगेकाहरुलाई खोपको पहिलो प्राथमिकता दिइने कुवेत सरकारले घोषणा गरेकोछ।

त्यस्तै एकपटक खोप लगाई सकेका व्यक्तिले अर्कों शट २१ दिनपछी पुन लगाउनु पर्नेछ।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...