Friday 9th October 2026

राप्रपाद्वारा राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली


राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली निकालेको छ ।
र्‍याली बबरमहलबाट शुरु भएर थापाथली त्रिपुरेश्वर सुन्धारा रत्नपार्क जमल हुँदै दरबारमार्ग पुगी सभामा परिणत भएको थियो ।

र्‍यालीमा राप्रपाका अध्यक्ष कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेताहरू समेत सहभागी थिए ।

राप्रपा एवं उसका भातृ संगठनहरुले यसअघि पनि बिभिन्न जिल्लामा राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाका पक्षमा र्‍याली एवं कोणसभाको आयोजना गर्दै आएका छन ।

सोही क्रममा शनिबार काठमाडौंमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको राप्रपाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...