Friday 16th October 2026

कुवेतमा १० दिन उडान बन्द हुदा ६०० उडान र ५० हजार यात्रीहरु प्रभावित हुने


हरि कृष्ण न्यौपाने- कुवेत सरकारले डिसेम्बर २१ तारिक २०२० सोमबार बेलुकी ११ बजे देखि अकस्मात कुवेतबाट आउने र जाने सबै उडानहरु तथा जल र स्थल मार्गहरु १० दिनको लागि बन्द गरेको छ।यसरी १० दिन गरिने उडान स्थगनले कुवेत आउने र जाने तयारिमा रहेका करिब ६०० वटा उडानहरु तथा करिब ५० हजार यात्रीहरुलाई प्रत्यक्ष प्रभाब पार्ने छ ।
कुवेतबाट प्रकाशित द टाइम्स कुवेतमा जनाइए अनुसार कोभिड-१९ पछि जनजिवबन सामान्यकरणमा जाँदै गर्दा कुवेतबाट प्रत्येक दिन करिब ६० वटा बिमानहरुले उडान भर्ने गरेका थिए भने करिब ५ हजार यात्रीहरुले यात्रा गर्थे।त्यसैले कुवेत सरकारको अहिलेको निर्णयबाट वायु मार्ग (फ्लाइट) तर्फ मात्र करिब ६०० उडानहरु र ५० हजार यात्रीहरु प्रभावित हुनेछन।
कुवेत ट्राभल एन्ड टुरिजम ब्यूरोका प्रमुख मोहमद अल मुतारीका अनुसार यो १० दिनको उडान बन्दले मात्र कुवेतलाई करिब १ करोड केडि (करिब ३ अर्ब ८० करोड नेपाली रुपैया ) घाटा लाग्ने छ।यता स्थल मार्ग र जल मार्गबाट हुने आबत-जावत बन्द हुँदा अरु घाटा पर्ने छ।
द टाइम्स कुवेतमा भनिएको छ” यसरी एक्कासि उडान स्थगन गरिदा सिधा उडानबाट कुवेत आउन प्रतिबन्धित तर कुवेत फर्किने क्रममा ट्रान्जिटमा रहेका हजारौ यात्रीहरुलाई प्रत्यक्ष प्रभाब परेको छ।उनिहरुले उडान नखुले सम्म त्यही बस्नु पर्ने हुदा थप आर्थिक भार पर्ने देखिन्छ।”
त्यसै गरि यो १० दिनको उडान प्रतिबन्धले कुवेत फर्कने तालिका वा योजनामा रहेका घरेलु कामदारहरु पनि तत्कालका लागि रोकिएका छन।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...