Friday 9th October 2026

उदयपुरमा १३ वर्षीया छोरीलाइ बलात्कार गरेको अभियोगमा बाबु पक्राउ


तीतोपाटी – उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समय यतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो ।प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि बिहीबार उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको उदयपुर जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए।

पिडीत बालिकालाई जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराइएको पनि प्रहरीले बताएको छ ।रासस


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...