Friday 16th October 2026

कुवेत स्वास्थ्य मन्त्रालयको वेबसाइटमा कोभिड-१९ खोपका लागि दर्ता सुरू


तितोपाटी- कुवेतमा कोरोना रोकथाम खोप लिन इच्छुक व्यक्तिहरूका लागि कुवेतस्थित स्वास्थ्य मन्त्रालयको आधिकारिक  वेबसाइटमा कोभिड–१९ खोपका लागी दर्ता सुरू भएको छ।

देशमा कोरोना रोकथाम भ्याक्सिन लिन रुचि राख्नेहरूको लागि दर्ता लिंक जारी गरिएको छ। मूल निवासी र विदेशी नागरिकहरुले  https://cov19vaccine.moh.gov.kw/SPCMS/CVD_19_Vaccine_Registration.aspxमार्फत दर्ता गर्नु पर्ने हुन्छ। दर्ता गर्ने व्यक्तिको नाम, राहदानी, नागरिक सिभिल आइडी नम्बर, सिविल आइडीको पछाडि रेकर्ड सिरियलनम्बर, सम्पर्क गर्नको लागि फोन नम्बर, आदि जानकारी दिनु पर्ने जनाएको  छ।

लिंक रेजिष्टर गर्ने व्यक्तिलाई फोन सन्देशको माध्यमबाट अपोइन्टमेन्ट सूचित गरिने बताइएको छ।

पहिलो चरणमा, एक व्यक्तिलाई दुई खुराक डोस र दोस्रो डोस चार ४ हप्ता पछि दिइनेछ। स्वास्थ्य मन्त्रालयले डोस प्राप्त गर्नेलाईप्रमाणपत्र समेत प्रधान गरिने जनाएको छ।

यो प्रमाणपत्र यात्रा को समयमा पी •सी •आरले यसलाई प्रमाणपत्रको प्रतिस्थापनको रूपमा प्रयोग गर्न सकिन्छ। अधिकारीहरूले १८बर्ष भन्दा कम उमेरका बालबच्चा , गर्भवती महिलाहरू, कुनै बीमारीको खोप लिनेहरू र केही खानेकुरा र औषधिहरूको प्रयोग गर्दा एलर्जीहुनेहरूलाई भने खोप उपलब्ध नगरीने बताएको छ।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...