Thursday 17th September 2026

कुवेतमा विदेशीहरूको दुई वर्षे भिसाको अन्त्य


तितोपाटी- कुवेतमा कार्यरत प्रवासीहरुलाई रेसिडेन्सी भिसा दुई वर्षे समयावधिको अन्त्य संगै भिसा अवधि केवल एक बर्षको लागि मात्र लगाउन पाइने भएको छ।

कुवेतस्थित गृह मन्त्रालयले दुई वर्ष वा सोभन्दा बढीको भिसा अवधिमा रोक लगाएको छ । कोरोनालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो। जुन पहिले दुई वर्षीय भिसामा अनुमति दिइएको थियो। यस निर्णयबाट प्रभावित व्यक्तिहरू कुवेत नागरिकका विदेशी पत्नीहरू सहित उनीहरूका बच्चाहरूका लागी लागु हुने , कुवेतस्थित अरबटाइम्सले जनाएको छ।

एक वर्षको लागि भिसा अवधि छोटो हुने भएको कारण कोरोनाभाइरस महामारीको नतिजासँग सम्बन्धित रहेको छ। कुवेत भित्र दुई वा बढी वर्ष आधिकारिक वर्क परमिट भएका निजी क्षेत्रका कर्मचारीहरू बाहेक सबैलाई रेसिडेन्सी एक बर्ष भन्दा बढीको लागि रोकिने भएको छ।

समचारका अनुसार कोरोनाभाइरस महामारीको अन्त्य अथवा महामारीमा कमी आएपछी चिकित्सा परीक्षण, सुरक्षा प्रतिबन्ध समीक्षा र अन्य प्राविधिक मामिला पछि यी सेक्सनमा एक बर्ष भन्दा बढी भिसा प्रवासीलाई अनुमति दिन सक्ने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...