Thursday 29th October 2026

वीरगञ्जमा एक महिलाले तिम्ल्याहा बच्चा जन्माइन्


तीतोपाटी – वीरगन्जमा महानगरपालिका लक्षमणवा स्थित रहेका तराई अस्पतालमा एक महिलाले एक साथ ३ वटा बच्चा जन्माएकी छिन् । रौतहट बन्कुलटोल की २२ वर्षीय अनिता देवीले एक्कै साथ २ छोरा र एक छोरी गरी ३ जना बच्चालाई जन्म दिएकी हुन् ।

एक,एक,मिनटको फरकमा ३ वटै बच्चाको जन्म भएको अस्पतालका चिकित्सक डा. तरन्नुम खातुनले जानकारी दिए । जन्म लिएका बच्चाहरु मध्ये २ बालक र एक बालिका रहेका छन् भने उनीहरूलाइ अस्पतालबाट विशेष सुविधा दिइ तिनै जनालाई आईसियु कक्षमा राखिएको छ भने सुत्केरीको अबस्था सामान्य रहेको छ ।

बच्चाहरु जनम लिंदा पहिलो बच्चाको वजन एक किलो ७ सय ग्राम, दोश्रो एक किलो ९८० ग्राम र तेश्रो बच्चा एक किलो ६ सय ग्राम रहेको छ । अस्पताल श्रोतका अनुसार जन्मीएका बच्चाहरुको शारिरीक अवस्था पूर्ण रुपमा स्वस्थ्य रहेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...