Monday 5th October 2026

वीरगञ्जमा एक महिलाले तिम्ल्याहा बच्चा जन्माइन्


तीतोपाटी – वीरगन्जमा महानगरपालिका लक्षमणवा स्थित रहेका तराई अस्पतालमा एक महिलाले एक साथ ३ वटा बच्चा जन्माएकी छिन् । रौतहट बन्कुलटोल की २२ वर्षीय अनिता देवीले एक्कै साथ २ छोरा र एक छोरी गरी ३ जना बच्चालाई जन्म दिएकी हुन् ।

एक,एक,मिनटको फरकमा ३ वटै बच्चाको जन्म भएको अस्पतालका चिकित्सक डा. तरन्नुम खातुनले जानकारी दिए । जन्म लिएका बच्चाहरु मध्ये २ बालक र एक बालिका रहेका छन् भने उनीहरूलाइ अस्पतालबाट विशेष सुविधा दिइ तिनै जनालाई आईसियु कक्षमा राखिएको छ भने सुत्केरीको अबस्था सामान्य रहेको छ ।

बच्चाहरु जनम लिंदा पहिलो बच्चाको वजन एक किलो ७ सय ग्राम, दोश्रो एक किलो ९८० ग्राम र तेश्रो बच्चा एक किलो ६ सय ग्राम रहेको छ । अस्पताल श्रोतका अनुसार जन्मीएका बच्चाहरुको शारिरीक अवस्था पूर्ण रुपमा स्वस्थ्य रहेको छ ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...