Friday 30th October 2026

साझा पार्टी र विवेकशीलबीच एकिकरण


तितोपाटी- विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको छ । एकीकरण भएको सहमति पत्रमा विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे र साझा पार्टीका संयोजक रविन्द्र मिश्रले हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन् ।

अब एकीकरण पछि पार्टीको नयाँ नाम विवेकशील साझा पार्टी हुने भएको छ । चुनाव चिन्ह तराजु राख्ने निर्णय पनि भएको छ ।

नव गठित विवेकशील साझा पार्टीको अध्यक्ष रविन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने सम्झौता भएको छ । यस अघि ०७४ साउन ११ गते एउटै भएका विवेकशील र साझा ०७५ पुसमा अलग अलग भएका थिए । आज भएको यो उनीहरुको दोस्रो एकिकरण हो ।

एकिकरणपछि अध्यक्ष रविन्द्र मिश्रले आफ्नो पार्टी अब बैकल्पिक पार्टी हुने बताएका छन् । विवेकशील साझाको २६ सदस्यीय सचिवालयमा को को परे ?

रवीन्द्र मिश्र, मिलन पाण्डे, शोभा शाक्य, प्रकाशचन्द्र परियार, रञ्जु दर्शना, अनुपमान सैजु, गोपी हमाल, केशव दाहाल, अब्दुस मियाँ, समीक्षा बास्कोटा, निरुपमा यादव, महेश भण्डारी, निर्देश सिलवाल, सुमित्रा गुरुङ, रजिया बानू, आशुतोष तिवारी, अनुषा थापामगर, हिरामणि पौडेल, राजेन्द्र पंगेनी, अनिल भेटवाल, रमेश पौडेल र प्रतिभा डंगोल ।


सम्बन्धित शीर्षकहरु

इजरायलको संसदीय निर्वाचनको नतिजा अझै अन्तिम रूपमा सार्वजनिक हुन बाँकी रहेका बेला कतारले इजरायली निर्वाचनमा हस्तक्षेप गरेको आरोपलाई अस्वीकार गरेको…

युक्रेनको मध्य क्षेत्रस्थित ड्निप्रो शहरको मुख्य रेलस्टेशनमा बिहीबार बिहान भएको रूसी ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने…

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

प्रतिकृयाहरू
...