Thursday 17th September 2026

कुवेतको आकाश खुल्दै तर जाडो बढ्दै


तितोपाटी- कुवेतमा केही दिनको वर्षा पछी चिसो मौसम सुरु भएको छ। हिजो सोमवार कुवेतको मौसम चिसो भएको अनुभूति गरीएको भने कुवेतमा अब क्रमशः चिसो बढ्ने अनुमान गर्न सकिन्छ।

कुवेतस्थित मौसम विभागको पुर्वानुमान अनुगमनकर्ता अब्दुलाजीज अलकारावीको जानकारी अनुसार अबको केही  दिन पछी कुवेतमा निकै चिसो मौसम हुने बताएका छन।

अरबटाइम्समा उल्लेखित उक्त समाचारमा दिनमा मौसम मध्यम रातमा चिसो हुने बताइएको छ।

पश्चिमी वायुको प्रभावले तापक्रम मध्यमगतिमा घट्ने सम्भावना रहेको छ। रिपोर्टका अनुसार न्यूनतम तापक्रम ११ १३ डिग्री सेल्सियस त्यस्तै अधिकतम तापक्रम २० २३ डिग्री सेल्सियस बिच हुनेछ।

केही दिन देखि लगातार वर्षा भएको कुवेतमा हिजो देखि भने मौसममा सुधार देखिएको छ।


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...