Monday 3rd August 2026

नेकपा सचिवालय बैठकमा ओली-प्रचण्ड बीच चर्काचर्की


तीतोपाटी – नेकपा सचिवालय बैठकमा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचमा राजनीतिक प्रतिवेदनको विषयलाइ लिएर चर्काचर्की परेको छ । ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदन नभई आरोप भएकाले छलफल हुन नसक्ने बताएपछि प्रचण्डले प्रतिवाद गर्दा चर्काचर्की भएको हो ।

स्रोतका अनुसार ओलीले बैठकमा आरोपपत्रमाथि छलफल हुन सक्दैन, फिर्ता हुनुपर्छ भन्दै सचिवालय बैठक नै नराख्न प्रस्ताव गरेपछि  दुइ अध्यक्ष बीच चर्काचर्की परेको हो ।

त्यसपछि ओलीले सीमा र मर्यादामा रहन भन्दै रुलिङ गर्न प्रयास गरेपछि प्रचण्डले यहाँ कसैले कसैलाई रुलिङ गर्न मिल्दैन, कमिटीमा सबैको हैसियत बराबर हो । कमिटीले जे भन्छ त्यसैगरी अगाडि बढ्छ । साथीहरू के भन्नुहुन्छ यसमा ? भन्दै प्रश्न गरेपछि बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने समझदारी बनेको थियो ।

अध्यक्ष दाहालको उक्त प्रस्तावमा महासचिव विष्णु पौडेलबाहेक बाँकी सबै सदस्यले सहमत जनाएका थिए । त्यसपछि मात्रै बैठक औपचारिकरुपमा सुरू भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा अध्यक्ष ओली र दाहालले आ–आफ्नो धारणा राखेको र अन्य सदस्यहरूले छोटो रूपमा सामान्य धारणा राखेका थिए भने बैठक भोली बुधबार १ बजे पुनः बस्ने बताइएको छ ।

अब नेकपाका नेताहरूबीच औपचारिक र अनौपचारिक दुवै तहमा छलफल हुने बताइएको छ । अहिलेसम्म ओली र दाहालका आ–आफ्नै समूहमा मात्र छलफल हुँदै आएको छ । दुई अध्यक्षबीच संवादहिनताको अवस्था छ । यस्तो परिस्थितिमा तत्काल अनौपचारिक संवाद हुने छाँटकाँट नै छैन ।

 


सम्बन्धित शीर्षकहरु

चीनले म्यानमारको रणनीतिक ऊर्जा पूर्वाधारमा गरेको लगानी अहिले त्यहाँ जारी गृहयुद्धको एउटा महत्वपूर्ण कारण बन्न पुगेको विश्लेषण गरिएको छ। सन्…

भारतको कर्नाटक राज्यमा पछिल्लो करिब पाँच दशकयताकै पहिलो पटक मन्त्रिपरिषद्मा कुनै पनि महिला मन्त्री समावेश नभएको अवस्था सिर्जना भएको छ।…

चीनका विभिन्न क्षेत्रमा लगातार भारी वर्षा भइरहेका कारण सरकारले उच्च सतर्कता अपनाएको छ। विशेष गरी शान्सी, सिछुवान, चोङकिङ, गुइझाउ, ग्वाङ्सी…

प्रतिकृयाहरू
...