Wednesday 11th November 2026

कुवेतमा एक नेपाली महिलाद्वारा आत्महत्या


तितोपाटी- कुवेतमा एक नेपाली महिलाले झुण्डीएर आत्महत्या गरेकी छिन ।

भरतपुर महानगर पालिका–१८ चनौली,चितवन रायगंजकी ३३ वर्षीय सितादेवी नेपाली शनिवार स्थानीय समय अनुसार बेलुका करिब ६ बजे कुवेतको फरवानिया स्थित कम्पनीको आवासमा रहेको शौचालय भित्र झुण्डीएको अवस्थामा फेला परेकी थीइन।

कुवेतको प्रख्यात कम्पनी लासपालमासमा बिगत ६ वर्षदेखी कार्यरत रहदै आएकी नेपालीले आत्महत्या गरेको प्रारम्भिक रिपोर्ट आएको र उनी कार्यरत कम्पनी र मृतकको परिवार संग समन्वय गरी कानुनी प्रकृयामा सहयोग गर्ने कुवेत स्थित नेपाली राजदूतावासका दितिय सचिब श्रीकृष्ण सिलवालले बाताए।

यद्यपी उनको पोस्टमार्टम रिपोर्ट आइसकेको छैन् । घटनाबारेमा कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

नेपाली घर बिदामा गएर आएको एक वर्ष मात्र भएको थियो। मृतक नेपालीको घरमा श्रीमान र एक छोरा, एक छोरी रहेका छन्


सम्बन्धित शीर्षकहरु

खाडी सहयोग परिषद् (जीसीसी) का ६ सदस्य राष्ट्रले कुवेतमा संयुक्त सैन्य कमान्डको अग्रिम मुख्यालय स्थापना गर्ने र त्यसमा आवश्यक सैन्य…

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका…

भाइटीकालाई भारतमा मनाइने रक्षाबन्धनकै अर्को रूप भन्ने गरिएको सुनिन्छ। यसमा केही समानता अवश्य छन्, तर यी दुई पर्व पूर्णतः एउटै…

प्रतिकृयाहरू
...