Thursday 22nd October 2026

अवैध रुपमा भारत पसेका चार नेपाली पक्राउ


तितोपाटी- अवैधरुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका बझाङका चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिकाका पुस्कर बोहरा, गजेन्द्र बोहरा, जनक बोहरा र बीरबहादुर बोहरा रहेका भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिए। सीमा नाका बन्द भएका बेला ट्युबबाट भारत गइरहेका चार जनालाई भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले मंगलबार नियन्त्रणमा लिएको र उनीहरु चारैलाई आज अदालतमा पेश गरिने जनाइएको छ।
सीमानाका झुलाघाट बन्द हुँदा रोजगारीका लागि भारत जानेहरु महाकालीमा ट्युबमार्फत् जाने गरेका छन्। स्वदेशमा रोजगारी नपाएको भन्दै सैयौं मजदूर कोरोना कहरका बीच भारत गईरहेका छन् । रासस


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...