Tuesday 24th November 2020

अरबको कथा र वास्तविकता ..अनि म !


ध्रुब क्षेत्री – म कुनै देसको कुनै कम्पनीमा जब काम गर्ने मजदुर थिए, तलब आएको पहिलो शुक्रबारको बिहान करीब ७ :०० बजे मोबाइल बज्यो । आँखा चिम्सो पार्दै हेरें- उनकै फोन आएको रहेछ ।‘उनी’ अर्थात ‘फूलमाया’ । एउटा क्लिनिङ्ग कम्पनिमा काम गर्छिन उनी । स्वरमा मिठास भर्दै ‘हेल्लो’ भनें । “सुतिराख्या हो ? सुन्नु न, आज हामीलाई ‘सफारी मल’ लैजान्छन अरे, ८ बजे सम्ममा पुगिन्छ होला । छिट्टो उठेर आउनुस है ।” हतार हतार उठेर नुहाइधुवाइ गर्न थालें । कुनै टुंगो हुदैन उनीहरुको, कहिले सफारी, कहिले लु लु मार्केट, कहिले क्यरिफोर, कहिले कहाँ त कहिले हप्तामा १ पटक ‘सपिङ्ग’ गर्न लैजान्छन उनीहरु लाइ / त्यहीं हो भेट्ने सधै । निर्धारित समय मा ‘सफारी मल’ पुगें, एउटा पुरानो TATA को बस बाट एक हुल महिला उत्रिए, हरेकका कोइ न कोइ म जस्तै पर्खेर बसेका थिए, कोइ हात समातेर ‘मल’ भित्र पसे, कसैले आफ्नो गाडीमा बसाएर लागे । रित्तो बस फर्कियो भरे ४ घण्टा पछि लिन फर्किने शर्तमा ।

म आफु संग गाडी नहुने मध्यको परें, उनीसंगै जोडिएर ‘मल’ भित्र छिरियो । एउटा ठुलो ‘ट्रली’ तान्दै-ठेल्दै म उनको पछि पछि लागें, उनि आफुलाई चाहिएको समान/कपडालत्ता हेर्दै छान्दै ट्रलीमा राख्थिन, म उनको पछि-पछि ट्रली गुडाउदै हिड्छु । हामी कुराकानी पनि गर्छौ, यहाँका, कम्पनिका, साथीभाइका, घर परिवारका, भबिस्यका, माया ‘पिरिम’ का पनि कुरा गर्छौं । भबिस्यका योजना नि बुनिन्छ्न कहिले कहिँ । मल गज्जबको छ, म दङ्ग छु, साथमा उनी छिन, भित्रै रेष्टुरेन्ट छ, खाजा नास्ता खान्छौ हामी, अरुको आँखा छलेर यता उता चोर नजर डुलाउदै, म उनको हात समाउछु, उनी लजाए झैँ गर्छिन, यस्तैमा समय बित्छ ।

उनले गाडी आउने बेला भएको जनाउ दिन्छिन, म फेरी ट्रली गुडाउछु, उनी अघि अघि लम्किन्छिन म पछि पछि- ट्रली लिएर म काउन्टरमा लाइन बस्छु, उनी बाहिर निस्केर साथीहरुलाइ फोन गर्छिन, म उनको सपिङ्गको ‘बिल’ चुक्ता गरेर बाहिर निस्किन्छु । उनका समानलाइ झोला भरि प्याक गरेर आफै बोकेर गाडी सम्म पुर्याई दिन्छु, उनी लाग्छिन आफ्नै गन्तब्यमा,म फर्किन्छु कोठा तिर । ट्याक्सी चढ्ने सम्मको पैसा बाँकी नहुदा लुरु लुरु हिडेरै फर्किन्छु कोठासम्म ।

साँझ उनको म्यासेज आउँछ । लब यु, मिस यु बाबा ….यस्तै यस्तै । दिन- भरि काममा साँझमा उनको यादमा, कैले कहीं फोनमा दिन यत्ति कै बित्छ । प्रायः दिन बिराई बिराई उनको फोन आउँछ, सुन्नु न, मोबाइलमा ब्यालेन्स, छैन, यहाँ नजिकै किन्न पाइदैन, लु न केहि गर्दिनु ।’ म किहिले रिचार्ज कार्डको नम्बर दिन्छु, कहिले ब्यालेन्स ट्रान्सफर । दिन हप्ता यसरीनै बित्छन । फेरी एक दिन बिहीबारे साँझ, उनको मिसकल आउँछ । म कलब्याक गर्छु,‘सुन्नु न, भोलि हाम्रो छुट्टी हुदैन, ओभर टाइम चल्छ, भोलि भेट्न नपाइने भयो ।’ ठिकै छ नि, अर्को हप्ता भेट्ने नि, काम परेको बेला काम गर न, म सम्झाउछु उनलाई । फोन मै माया पिरिम शुरु हुन्छ अनि खत्तम पनि ।

मेरो बारेमा सबै बुझिछन् उनले, बिचरा मैले मात्र हो ढिलो बुझ्ने भनेको । मेरो तलब त एकै हप्तामा सक्कियो, अर्को हप्ता अर्कैको तलब आउँछ, मैले सफारीमा उनको ट्रली गुडाएं, अर्कोले क्यरिफोरमा ट्रली गुडाउँदै थियो । जब-जब उनको ‘ओभरटाइम’ चल्छ, तब तब अर्कैले ‘ट्रली’ गुडाउँछ । कतै तपाई पनि ट्रली डोर्याउँदै त हुनु हुन्न? विचार गर्नुस – ट्रली र ट्रली बोकाउनेले भबिस्य वर्वाद पारेको त छैन ? त्यसैले प्रवासमा प्रेमको जालमा नफस्नु फसिहाले पनि म जस्तो हैन, सम्बन्ध मै बसे पनि बस्नुहोस बराबरीमा…….हेहेहे!!!

हाल-कतार


Loading...
सम्बन्धित शीर्षकहरु

तितोपाटी- ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगो लगाईदिएका छन्। महोत्तरीको बर्दिबास नगरपालिका…

तितोपाटी- विश्वका १ सय प्रेरणादायी र प्रभावशाली महिलामा नेपालकी एक जना पर्न सफल भएकी छिन् । जीवन कठिन परिस्थितिमा हुँदाहुँदै…

बसन्त थापा- अर्घाखाँची जिल्लाको प्रवेशद्वार गोरुसिंगे देखी सन्धिखर्क सम्मको मुख्य सडकमा खाल्डा खुल्डी भएपछि आवतजावतमा समस्या भोग्नुपरेको वर्षौ भयो । तर अहिलेसम्म…

प्रतिकृयाहरू