Thursday 15th October 2026

साउदीमा कार्यरत आप्रवासी श्रमिकले रोजगारदाताको अनुमतिबिना कम्पनी परिवर्तन गर्न पाउने


तितोपाटी- नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मुलुक साउदी अरबमा आप्रवासी श्रमिकहरुले सहज रुपमा कम्पनी परिवर्तन गर्न पाउने भएका छन् ।

साउदी सरकारले श्रमिकहरुले सहज रुपमा कम्पनी परिवर्तन गर्न पाउने तथा करार अवधि सकिएपछि रोजगारदाता कम्पनीको अनुमतिबिना स्वदेश फर्कन पाउने व्यवस्था गरेको हो ।

साउदीस्थित मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार घोषणा गरेको सो व्यवस्था आगामी १४ मार्चदेखि कार्यान्वयनमा आउनेछ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि करार अवधि सकिएपछि कामदारहरुले आफ्नो रुचि र सीपअनुसार कम्पनी परिवर्तन गर्न पाउने छन् । यसअघि कामदारहरुले आफू कार्यरत कम्पनीको अनुमति बिना अन्य कम्पनी परिवर्तन गर्न पाउने व्यवस्था थिएन । करार अवधि सकिएर स्वदेश फर्कनसमेत रोजगारदातासँग अनुमति चाहिने व्यवस्था थियो ।  हाल साउदीमा ३ लाख ५० हजारको हाराहारिमा नेपाली श्रमिकहरु कार्यरत रहेको अनुमान गरिएको छ । नेपाल सरकारले साउदीका लागि २ वर्ष करार अवधिको श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।साभार नेपाललाईभबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...