Thursday 8th October 2026

खोटाङमा ३ जनाको मृत्यु र ४ जना घाइते हुने गरि ट्याक्सी दुर्घटना


तीतोपाटी – खोटाङमा सोमबार साँझ ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, खोटाङका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको ट्याक्सी बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ साढे ६ बजेतिर अनियन्त्रित भई सडकबाट झन्डै साढे २ मिटर तल खसेको हो।

विदेशबाट आएका आफन्तलाई भेट्न उनीहरू ट्याक्सी रिजर्भ गरी खोटाङ जान लागेका थिए। दुर्घटनामा परी बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको हो।

बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उनका ९ महिनाका छोरा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयले उनीहरूको उद्धार गरी अस्पताल पठाएका थिए। अहिले उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

दुर्घटनापछि ट्याक्सी चालक फरार भएका छन्। उनलाई उदयपुर प्रहरीले नियन्त्रणमा लिएको खबर आए पनि पुष्टि नभएको खोटाङ प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

साउदी नेतृत्वको यमन गठबन्धनले रियादलाई लक्षित गरी गरिएको पछिल्लो क्षेप्यास्त्र आक्रमणमा प्रयोग भएको ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणस्थल यमनको राजधानी सानामा ध्वस्त…

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

प्रतिकृयाहरू
...