Sunday 22nd March 2026

कविताः बडा दशैँ – लोक छन्द: सवाई -हरि शर्मा (गलकोटे कवि)


सन्तान भन्नु यौटा छोरा मुग्लानमा पस्यो ।
बाबु आमा बिर्सिएर उतैतिर बस्यो ।
सबैकुरा जान्दैन कि पापी दशैँ कसो ।
घुमी फिरी सँघारमा आइकन बस्यो ।१। 🌷🙏🌺

भन्न लागे बुढा बुढी बाबुआमा घर ।
छोरो भने विदेशमा गयो भट्टी तिर ।
त्यहाँ बसी जेतेपाते पियो मस्त सित ।
लत बस्यो आफ्नो भन्दा उसैको छ जित ।२। 🌷🙏🌺

बडा दशैँ हाम्रो लागि आएको खै किन ।
डाँडा माथि पुगे घाम डुब्नै लाग्यो दिन ।
जाऊ बुढा छोराको त्यो फोटो लिई आऊ ।
टीका साथै जमारा त्यही फोटोमा नै लाऊँ ।३। 🌷🙏🌺

भनिकन बुढा बुढी आँशु झारी बसे ।
आँगनीमा भँगेराले जिस्काएर हाँसे ।
घर अघि काग आई का का गरी बोल्यो ।
प्रदेशीको खबर आयो भन्दै कुरा खोल्यो ।४। 🌷🙏🌺

नवरात्री भरी उनले दुर्गा पूजा गरे ।
सकरात्मक सोच थियो देवी शरण परे ।
छोराको केही खबर आओस् भन्ने चाह थियो ।
दुर्गाजीको कानमा नै कुरा पर्‍यो क्या हो ।५। 🌷🙏🌺

नभन्दैमा प्रदेशबाट छोराको फोन आयो ।
ढोग गरेँ आमा बुवा छोरा भन्न लाग्यो ।
बुढाबुढी बाबाआमा डाँको छाडी रोए ।
एकै छिनमा शान्त भए पिडा सबै पोखे ।६। 🌷🙏🌺

फोनबाट भएपनि दशैं शुरु भयो ।
बाबुआमा आशिष दिए हात थाप्यो छोरो ।
रामचन्द्रको जस्तो शत्रु नाश हुँदै जाउन् ।
बिदुर जस्तो ज्ञानी हुनु सबै सोध्न आउन् ।७। 🌷🙏🌺

सम्पति होस दशरथ जस्तो बायु जस्तो गति ।
ऐश्वर्य होस् नहुष जस्तो नारायणको कीर्ति ।
दुर्योधन जस्तो मान युधिष्ठिरको सत्य ।
भिष्म जस्तो शुरता होस् नडग्नु एक रति ।८। 🌷🙏🌺

भनिकन आशिष दिए बुढा बाबु आमा ।
छोरो पनि कुरा सुनी बसी रह्यो त्यहाँ ।
बडा दशैँ कारणले भेटघाट भयो ।
बाबु आमा छोरा बिच माया प्रेम बढ्यो ।९। 🌷🙏🌺

हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...