Friday 26th April 2024

राष्ट्रपतिले सर्वसाधारणलाइ दशैंको टीका लगाउने कार्यक्रम स्थगित


तीतोपाटी – यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट सर्वसाधारणलाइ दशैंको टीका जमरा लगाइदिने कार्यक्रम स्थगित भएको छ । विश्वव्यापी महामारी कोभिड-१९ को संक्रमणको कारण राष्ट्रपति शक्तिपीठमा जाने कार्यक्रम तथा सर्वसाधारणलाई दसैंको टीका लगाइदिने कार्यक्रमसमेत नहुने भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिको कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले कोरोना संक्रमणको भय रहेकोले शक्तिपीठमा पूजापाठ गर्ने र सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नहुने जानकारी गराएको हो। राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्‍न शक्तिपीठहरूमा दर्शनार्थ सरिक हुने साथै विजया दशमीको दिन इच्छुक महानुभावहरूलाई टीका प्रदान गर्ने परम्परा रहेकोमा यस पटक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को कारण उक्त सबै कार्यक्रमहरू नहुने व्यहोरा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।

अघिल्ला वर्षहरूमा दशैंको महाअष्टमी र कोजाग्रत पूर्णिमामा राष्ट्रपति भण्डारी शक्तिपीठमा गएर दर्शनसँगै पूजापाठ गर्दै आएकी थिइन्। दशैंको टीका अवधिमा राष्ट्रपतिबाट सर्वसाधारणले टीकासमेत ग्रहण गर्ने कार्यक्रम यसपटक नराखिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...