Thursday 22nd October 2026

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८१ पुग्यो


तितोपाटी-नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन । मन्त्रालयका अनुसार थप २ महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । आज सुनसरीमा ३८ वर्षीया र भक्तपुरमा ५१ वर्षीया महिलाको मृत्यु भएको  छ । यस्तै बाँकेमा ४७ वर्षीय र गुल्मीमा ३४ वर्षीय महिलाको मृत्यु भएको छ ।

सोमबार मात्रै १३५१ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको सख्या ७४,७४५ पुगेको छ । ७४२ जना संक्रमित निको भएर घर फर्किएका छन । भने हाल सम्म निको हुनेको संख्या ५४६४० पुगेको छ साथै थप ४ जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या ४८१ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...