Wednesday 7th October 2026

मोदनाथ प्रश्रितसँग एउटै मञ्चमा बसेर पुरस्कार लिन्नँ- लेखक उप्रेती


लेखक सञ्जीव उप्रेतीले एउटै मञ्चमा मोदनाथ प्रश्रितसँग ‘पद्मश्री साहित्य पुरस्कार’ ग्रहण गर्न नसक्ने बताएका छन्। उनले पद्मश्री पुरस्कार मोदनाथसँग एउटै मञ्चमा नलिने भने पनि पुरस्कारै लिने-नलिनेबारे भने औपचारिक निर्णय लिन बाँकी रहेको बताए। आइतबार खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको थियो।

पुरस्कार घोषणापछि सामाजिक सञ्जालमा यौनशोषणको आरोप लागेका प्रश्रितलाई सम्मान गर्ने निर्णयको तीव्र विरोध भइरहेको छ। शारदा भुसालले आफ्नो आत्मकथा ‘धरातल’ मा राजनीतिज्ञ तथा लेखक प्रश्रितले आफूलाई बलात्कार गरेको उल्लेख गरेकी थिइन्। भुसालको यो आरोप प्रश्रितले खण्डन गर्दै पनि आएका छन्।यसै सन्दर्भमा लेखक उप्रेतीले आफूलाई दिइने भनिएको पद्मश्रीबारे आफ्नो धारणा बताएका हुन्। टेलिफोन कुराकानीमा उनले भने, ‘हिजो राति आयोजकले पुरस्कारबारे जानकारी दिँदा खुसी हुँदै धन्यवाद भनेको थिएँ। बिहान उठेर मात्रै मोदनाथ प्रश्रितको नाम देखेर छक्कै परेँ।’

‘कुनै आवेदन नदिई, कतै दर्ता नगरी आयोजकले हंस छनौट गरेकामा उहाँहरूको निर्णयप्रति मेरो सम्मान छ। पुरस्कार नलिँदा उहाँहरूलाई अपमान गरे जस्तो नहाेस्। लैंगिक समानता र सामाजिक न्यायका पक्षमा लेख्ने मैले कसरी बलात्कार आरोप लागेका व्यक्तिसँगै उभिएर पुरस्कार थापूँ भनेर आयोजकलाई लेखी पठएको छु,’ उनले भने।उप्रेतीले आयोजकको जवाफ आएपछि पुरस्कार लिने-नलिने औपचारिक निर्णय गर्ने बताए।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

प्रतिकृयाहरू
...