Thursday 15th October 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि याैन दुर्व्यवहारको आरोप


तितोपाटी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । अमेरिकी पूर्वमोडेल एमी डोरिसले अजभन्दा २३ वर्षअघि आफू २४ वर्षको उमेर हुँदा ट्रम्पले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।

बिहीबार उनले बताए अनुसार ट्रम्पले २३ वर्षअघिको ओपन टेनिस प्रतिष्पर्धाको क्रममा उनीमाथि यौन दुर्व्यवहार गरेका थिए । त्यसबेला एमी डोरिस आफ्ना प्रेमीको साथमा उक्त खेल हेर्न पुगेकी थिइन् ।

गार्जियनमा प्रकाशित समाचार अनुसार एमीका प्रेमी ट्रम्पका साथी समेत थिए भनिएको छ । डोरिसले त्यसबेला आफूलाई ट्रम्पले बाथरुमबाहिर समातेर तानेको बताएकी छन् । डोरिस ट्रम्पबाट उम्किन खोजिरहेका बेला ट्रम्पले जबर्जस्ती उनको घाँटीमा जिब्रो पुर्याएका थिए ।

‘उनले एकदमै बलियो गरी समाएका थिए, उनी निश्चित केटाहरु जस्ता देखिन्थे, जो आफूले चाहेको जेसुकै गर्न स्वतन्त्र होस् । जब कि, म त्यहाँ प्रेमीको साथमा थिएँ,’ डोरिसले भनेकी छन् ।
उनले त्यस घटनाले आफूलाई बिरामी र हिंस्रक बनाइदिएको पनि प्रतिक्रिया दिएकी छन् ।

डोरिसले २०१६ मा पनि यसबारे बोल्ने बिचार गरेको बताएकी छन् । जब कि, त्यसबेला अन्य दुई महिलाले ट्रम्पलाई यौन दुर्व्यवहारको आरोप लगाइसकेका थिए । डोरिसले त्यसबेला आफ्नो परिवारबारे चिन्तित भएर यसबारे मौन रहेको बताइन् । त्यसबेला आफ्ना छोरीहरु सानै भएकाले पनि नबोलेको उनको भनाइ छ । ‘अहिले मेरा छोरीहरु १३ वर्ष पुग्न लागे । र उनीहरु आफूमाथि जबर्जस्ती कसैलाई केही गर्न नदिउन् भन्ने चाहन्छु । र म रोल मोडल बन्न चाहन्छु । बरु ममाथि कसैले अन्याय गर्दा म जागरुक भएर बोलेँ भन्ने उनीहरुलाई देखाउन चाहन्छु,’ डोरिसले भनिन् ।
-एजेन्सी


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...