Friday 19th April 2024

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि याैन दुर्व्यवहारको आरोप


तितोपाटी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । अमेरिकी पूर्वमोडेल एमी डोरिसले अजभन्दा २३ वर्षअघि आफू २४ वर्षको उमेर हुँदा ट्रम्पले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।

बिहीबार उनले बताए अनुसार ट्रम्पले २३ वर्षअघिको ओपन टेनिस प्रतिष्पर्धाको क्रममा उनीमाथि यौन दुर्व्यवहार गरेका थिए । त्यसबेला एमी डोरिस आफ्ना प्रेमीको साथमा उक्त खेल हेर्न पुगेकी थिइन् ।

गार्जियनमा प्रकाशित समाचार अनुसार एमीका प्रेमी ट्रम्पका साथी समेत थिए भनिएको छ । डोरिसले त्यसबेला आफूलाई ट्रम्पले बाथरुमबाहिर समातेर तानेको बताएकी छन् । डोरिस ट्रम्पबाट उम्किन खोजिरहेका बेला ट्रम्पले जबर्जस्ती उनको घाँटीमा जिब्रो पुर्याएका थिए ।

‘उनले एकदमै बलियो गरी समाएका थिए, उनी निश्चित केटाहरु जस्ता देखिन्थे, जो आफूले चाहेको जेसुकै गर्न स्वतन्त्र होस् । जब कि, म त्यहाँ प्रेमीको साथमा थिएँ,’ डोरिसले भनेकी छन् ।
उनले त्यस घटनाले आफूलाई बिरामी र हिंस्रक बनाइदिएको पनि प्रतिक्रिया दिएकी छन् ।

डोरिसले २०१६ मा पनि यसबारे बोल्ने बिचार गरेको बताएकी छन् । जब कि, त्यसबेला अन्य दुई महिलाले ट्रम्पलाई यौन दुर्व्यवहारको आरोप लगाइसकेका थिए । डोरिसले त्यसबेला आफ्नो परिवारबारे चिन्तित भएर यसबारे मौन रहेको बताइन् । त्यसबेला आफ्ना छोरीहरु सानै भएकाले पनि नबोलेको उनको भनाइ छ । ‘अहिले मेरा छोरीहरु १३ वर्ष पुग्न लागे । र उनीहरु आफूमाथि जबर्जस्ती कसैलाई केही गर्न नदिउन् भन्ने चाहन्छु । र म रोल मोडल बन्न चाहन्छु । बरु ममाथि कसैले अन्याय गर्दा म जागरुक भएर बोलेँ भन्ने उनीहरुलाई देखाउन चाहन्छु,’ डोरिसले भनिन् ।
-एजेन्सी


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...