Tuesday 27th October 2026

जग्गा कित्ताकाटको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


तितोपाटी – सर्वोच्च अदालतले देशभर जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले दुवै पक्षको छलफलबाट अन्तरिम आदेश हुने नहुने टुंगो नलागेसम्म कित्ताकाटको निर्णय कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो ।

अधिवक्ता सन्तोष भण्डारी र सुजन नेपालले भूमिसुधार व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...