Tuesday 25th August 2026

जग्गा कित्ताकाट फुकुवा गर्ने नेपाल सरकारको निर्णय बदर


तितोपाटी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै फुकुवा गरेको जग्गा कित्ताकाट सम्बन्धी निर्णय बदर भएको छ । सर्वत्र विरोध भएपछि मन्त्रालयले उक्त निर्णयहरु बदर गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गत भदौ १८ गते जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेकी थिइन । मन्त्री अर्यालको उक्त निर्णय भूमिसम्बन्धी ऐन तथा नियमावली २०७४ विपरित रहेको भन्दै बदर गरिएको हो ।

मन्त्रालयका सहसचिव दीपकुमार पहाडीले हस्ताक्षर गरी सार्वजनिक गरिएको निर्णयमा गत भदौ १८ गते कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका निर्णयहरु बदर गरिएको छ भनेर स्पष्ट लेखिएको छ।

‘भू-उपयोग नियमावली जारी नहुन्जेलसम्मको लागि जग्गाको कित्ताकाट सम्बन्धमा नेपाल सरकार मन्त्रीस्तरबाट २०७७/५/१८ गते मा कृषियोग्य जग्गाको खण्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको छ,’ निर्णयमा भनिएको छ । मन्त्रालयले यो निर्णय मात्र हैन मन्त्री अर्यालले २०७५ पुस २७ गते जारी गरेको पुरानो निर्देशन पनि बदर गरेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले करिब पाँच दशकपछि सिरियालाई “आतंकवाद प्रायोजक राष्ट्र”को सूचीबाट हटाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाली राष्ट्रपति अहमद अल-शाराले अन्तर्राष्ट्रिय…

अमेरिकाले इरानसँग आर्थिक सम्बन्ध कायम राख्ने देशहरूलाई कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई आर्थिक रूपमा…

भारतको इलाहाबाद उच्च अदालतले विद्यालयको निर्धारित पोसाकसँगै हिजाब वा अतिरिक्त हेडस्कार्फ लगाउने विषयमा महत्वपूर्ण फैसला सुनाएको छ। अदालतले स्कुलले तोकेको…

प्रतिकृयाहरू
...