Monday 5th October 2026

बागलुङमा पहिरोले ५ घर पुरिए, १ जना बेपत्ता


तितोपाटी – बागलुङको जैमिनी नगरपालिका–१ टुनीबोटमा अविरल वर्षासँगै आएको पहिरोले बस्ती बगाउँदा एक पुरुष बेपत्ता भएका छन् भने पाँच घर पुरिएका छन् । अविरल वर्षाको कारण सोमबार विहान साढे ६ बजेको समयमा बस्तीमाथि रहेको सडकबाट झरेको पहिरोले घर भत्किँदा स्थानीय ६८ वर्षीय हरिकृष्ण शर्मा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पहिरोले टुनीबोटका देवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री, तारादेवी क्षेत्री, र बेपत्ता हरिकृष्ण शर्माको घर पूर्ण क्षति भएको प्रहरीले जनाएको छ ।

आईतबार विहान पनि सोही ठाउँमा पहिरोले मणीभद्रपाध्याको घर भत्किँदा स्थानीय ६५ बर्षिय लक्ष्मीदेवी पाध्याको मृत्यु भएको थियो । घटना स्थलमा नेपाल प्रहरी र स्थानीयवासीले बेपत्ताको खोजी कार्य सुरु गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...