Sunday 11th October 2026

५ चोटिला मुक्तकहरू – मुस्कान ‘मुस्कान’


गरिब सुत्दा, बस्दा ओछ्याउने चट्टी नै हो ।
चोट लागेपछि डाक्टरले बाँध्ने पट्टी नै हो ।
मालिक होस् चाहे नोकर काम बनेन भने,
मनलाइ शान्त बनाउने भनेको भट्टी नै हो ।

सम्झिने साथीहरू ढुंगा भए छन् ।
सत्रुलाई पारी तार्ने डुंगा भए छन् ।
करोडौंले माला उनेर लगाउने त्यो,
मखमली फुलको थुंगा भए छन् ।

आँखाले मन पराउने बिभिन्न रंग हो ।
शरीरमा भएको एउटा कान अंग हो ।
अन्धो भयो भन्दैमा किन घृणा गर्छौ,
अबको दिन बिताउने हजुर संग हो ।

सिसा जस्तै मेरो भाग्य चर्किएको छ ।
घाउमा पनि दैबले नुन छर्किएको छ ।
मलाई भेट्न आउँछु भन्दै उसले पनि
झुटो आश देखाई अन्तै तर्किएको छ ।

असल आमाले सधैं बेर्ने साडी हो ।
यहाँको मन्त्री ज्यूले फेर्ने गाडी हो ।
यति बाहेक अरू कामहरू छंदै छैन,
त्यसैले युवाहरू त जाने खाडी हो ।

-मुस्कान ‘मुस्कान’
धनकुट, पाख्रीबास
मो. नं. 9848877361


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...