Sunday 11th October 2026

तीन चोटिला मुक्तकहरू -राम भण्डारी


दिनमा कुम्भ झैं सुतेर राती जाग्ने बानी परेका हामी ।
सुनको थालीमा पिठो भिख माग्ने बानी परेका हामी ।
आफ्नो धरातल बिर्सिएर आज अरुको लहलहैमा
कान खोजेर कागको पछि भाग्ने बानी परेका हामी ।

कञ्चन गगन खुलेको सपना देख्छु ।
गाउँ पाखामा डुलेको सपना देख्छु ।
आशा पलायो मेरो मनको आँगनमा
मुर्झाएको फूल फूलेको सपना देख्छु ।

आँखामा छल्किएको आँसु पिएर आउँछु ।
कालो रात लाई तिलान्जलि दिएर आउँछु ।
फल अबस्य मिठो हुनेछ हाम्रो प्रतिक्षाको
अँजुलीमा उज्यालो बिहानी लिएर आउँछु ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...