Sunday 25th October 2026

हिँजो झडप भएपछि ललितपुरमा आज राती १० बजेसम्म कर्फ्यू


तितोपाटी -रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा हिँजो झडप भएपछि ललितपुरको सहरी क्षेत्रमा आज शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । बल्खु पुलदेखि मनोहरासम्म र जिल्लाअन्तर्गत पर्ने चक्रपथभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।

कोरोना संक्रमण बढ्दै जाँदासमेत सचेत नभएको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताउनुभयाे ।

कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरक्षकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी भट्टद्वारा जारी गरेको सूचनामा उल्लेख छ ।

स्थानीय प्रशासन ऐनअनुसार शान्ति सुरक्षा र अमनचयनमा बाधा पर्ने गरी गतिविधि देखिए कफ्र्यु लगाउन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।

विशेषगरी रथयात्रा गर्न धेरै स्थानीय निस्किएपछि स्थिति नियन्त्रण बाहिर जाने शंकाले प्रशासनले कर्फ्यू लगाएको हो । बिहीबार झडपक्रममा ट्राफिक प्रहरीलाई कुटपिट भएपछि त्यसमा संलग्न १० जना पक्राउ परेका छन् ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...