Tuesday 25th August 2026

हिँजो झडप भएपछि ललितपुरमा आज राती १० बजेसम्म कर्फ्यू


तितोपाटी -रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा हिँजो झडप भएपछि ललितपुरको सहरी क्षेत्रमा आज शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । बल्खु पुलदेखि मनोहरासम्म र जिल्लाअन्तर्गत पर्ने चक्रपथभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।

कोरोना संक्रमण बढ्दै जाँदासमेत सचेत नभएको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताउनुभयाे ।

कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरक्षकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी भट्टद्वारा जारी गरेको सूचनामा उल्लेख छ ।

स्थानीय प्रशासन ऐनअनुसार शान्ति सुरक्षा र अमनचयनमा बाधा पर्ने गरी गतिविधि देखिए कफ्र्यु लगाउन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।

विशेषगरी रथयात्रा गर्न धेरै स्थानीय निस्किएपछि स्थिति नियन्त्रण बाहिर जाने शंकाले प्रशासनले कर्फ्यू लगाएको हो । बिहीबार झडपक्रममा ट्राफिक प्रहरीलाई कुटपिट भएपछि त्यसमा संलग्न १० जना पक्राउ परेका छन् ।


सम्बन्धित शीर्षकहरु

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा…

अन्वेषणको इतिहासमा एउटा अचम्मलाग्दो तथ्य छ—नजिक हुनु भनेको सधैँ पहिले पत्ता लाग्नु होइन। पृथ्वीबाट अरबौँ किलोमिटर टाढा रहेको अरुण ग्रह…

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

प्रतिकृयाहरू
...