Friday 30th October 2026

कालिकोट पहिरो अपडेटः मर्नेको संख्या १० पुग्यो, २ को उद्दार, २ अझै बेपत्ता


तितोपाटी – कालीकोट जिल्लाको तिलागुफा नगरपालिका– १ नाग्म बजारमा हिँजो आइतबार झरेको सुक्खा पहिरोले ४ घर पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोमा परि एकै परिवारका ४ जना सहित १० जनाको मृत्यु भएको छ भने २ जनाको जिवितै उद्दार गरिएको छ । अझै २ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवाका ४ जनाको मृत्यु भएको छ । ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा तथा छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कलको घर भत्किएर भित्रै च्यापिँदा मृत्यु भएको हो ।

त्यसै गरि सुर्खेतको भेरीगंगा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीवितै उद्धार गरेर अस्पताल पठाइएका अर्जुन हमाल र पुन्नी शाहीको अवस्था सामान्य छ भने बेपत्ता २ जनाकाे उद्धार तथा खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएको छ । उद्दार कार्यमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीय पनि लागिपरेका छन्  ।

कर्णाली राजमार्गअन्तर्गतको कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म तिलागुफा नगरपालिका, जुम्लाको हिमा र तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप तनावपूर्ण बनेको छ। निर्वाचनको अन्तिम…

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

प्रतिकृयाहरू
...