Monday 14th September 2026

गजल -राम भण्डारी


झुट्टा सपना दिएर जन को बुद्धी भुटेर खाए ।
खै काम त के नै गरेर खाली गफै चुटेर खाए ।।

मैंले चिन्न पनि छाडिसकें नेताहुन् यिनिहरु?
मागे,तर्साए अनि धम्क्याए कहिं कुटेर खाए ।।

उनीहरु बिच ठूलो भिन्नता भए जस्तै पारेर
पर्दा भित्र सगोलमा बाहिर सबै फुटेर खाए ।।

अर्को मौका पाउने बित्तिकै हातेमालो गरेर
आवरण झिकेर फेरि एकैठाउँमा जुटेर खाए ।।

अरु त के कुरा सबै द्वेष बिर्सिएर हत्तपत्त
आफ्नालाई आफ्नोे नभनेर पुनः लुटेर खाए ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...