Saturday 24th October 2026

गजल -राम भण्डारी


सुरु सुरुमा के-कसो हो जानिएन भन्दा भन्दै ।
के हो सहि, के हो गलत छानिएन भन्दा भन्दै ।।

ध्यान जान सकेन साँच्चै कोरोनाको बारेमा
आफैं जान्नेसुन्ने भईयो मानिएन भन्दा भन्दै ।।

विचार पनि नगरेर हेलचक्य्राइँ कसले गर्यो
कोभिड छिर्ने ढोकाहरु तानिएन भन्दा भन्दै ।।

समयको माग के हो? बुझ्नुपर्थ्यो सरकारले
बन्दाबन्दी किन उचित ठानिएन भन्दा भन्दै ।।

हामी बिग्रियौ छिमेकीको लहैलहैमा लागेर
किन मौकामा चौका हानिएन भन्दा भन्दै ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...