Thursday 22nd October 2026

केहि मर्मस्पर्शी मुक्तकहरू -राम भण्डारी


सबैका कथा र ब्यथा हुन्छन् जिबनमा ।
कति मिठा,तिता दुबै हुन्छन् जिबनमा ।
कुनै पर्वाह नगरेर उतार चढावको पनि
केहिले मात्रै सगरमाथा छुन्छन् जिबनमा ।

धेरै भएको छैन अस्ति मात्रै भेटेको हो ।
पत्तै नपाईकन हत्तारमा प्यास मेटेको हो ।
फेरि कसरी अाज आएर निर्दयी हुँदै
किन मेरो सपनाको घाँटी रेटेको हो ।

लुकेर भेट्नु भन्दा नभेटेकै जाती ।
झुकेर हेर्नु भन्दा त नहेरेकै जाती ।
सँधै जसो कपट गरि गरि तिमीले
झेलले हराउने खेल नखेलेकै जाती ।

‌मुटु पनि धड्कन सँग छुटेपछि यहाँ ।
आशा पनि सिसा जस्तै फुटेपछि यहाँ ।
बाँचेको के सार यो‌ स्वार्थी दुनियाँमा
सामुन्नेमै तिम्रो इज्जत लुटेपछि यहाँ ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...