Sunday 12th July 2026

नक्कली कम्पनी मार्फत भिसा लिएका १ लाख आप्रबासीहरुले कुवेत छोड्नु पर्ने


हरि कृष्ण न्यौपाने-आप्रबासी कामदारहरुलाई भिसा बिक्री बितरण गर्न नक्कली कम्पनी खडा गरेर कुनै पनि अफिस नराखिएको र ब्यबसायिक कृयाकलापहरु नगरिएका कम्पनीहरु मार्फत भिसा लिएर कुवेत आएका १ लाख आप्रबासीहरुले २०२० भित्र कुवेत छोड्नु पर्ने भएको छ।यसरी फर्किने आप्रबासीहरुले पुन:कुवेत आउन नपाउने भएका छन।यसरी भिसा बिक्री गर्नेमा ४५० वटा नक्कली कम्पनीहरु रहेका छन।

कुवेतबाट प्रकाशित अरब टाइम्समा ८ अगष्ट,२०२०का दिन प्रकाशित समाचारका अनुसार यसरी कुनै पनि अफिस र ब्यबसायिक कृयाकलाप नगरेका ४५० वटा नक्कली कम्पनीहरुलाई भिसा बिक्रीको अभियोग सहित कारबाहीका लागि सिफारिस गरिएको छ।यसरी कारबाहीमा परेका ४५० मध्ये ३०० वटा कम्पनीहरुले ब्यबसायिक कृयाकलापहरु नगरे पनि करिब १ लाख आप्रबासी कामदारहरुलाई उक्त कम्पनीहरुमा दर्ता गरेर भिसा बिक्री गरिएको पाइएको छ।अहिले ति सबै कम्पनीका फाइलहरु बन्द गरिएको छ।यसरी नक्कली कम्पनीबाट जारी भएका भिसाहरु पुन: नबिकरण वा अर्को कम्पनीमा परिवर्तन गर्न सकिने छैन।

कुवेतमा यसरी नक्कली कम्पनी खडा गरी भिसा बिक्री गर्ने कामलाई अहिले कडा निगरानी गरिएको छ।बिशेष गरी अबैधानिक भिसा बिक्रीको अभियोगमा पक्राउ गरी अनुसन्धान भईरहेको बंगलादेशका सांसद समेत रहेका सहीद स्लाम “पब्लू”को घटना पछी भिसा बिक्री गर्ने कारोबारहरुमा अझ कडाइ गरिएको छ।उनलाई “फ्री भिसा फ्री टिकट”को भिसाहरु महंगोमा बिक्री गरेको,पैसा ब्याजमा लगाएको तथा ३४ वटा बिभिन्न प्रोजेक्टहरु आफ्नो नाममा पार्न कुवेतका ठुला-ठुला ब्यक्तीहरुलाई समेत उपहार(घुस) दिएको आरोपमा अनुसन्धान गरिराखिएको छ।यसरी बंगालादेशका सांसद समेत रहेका सहिद स्लाम मार्फत आएका करिब ९ हजार बंगलादेशी कामदारहरु अहिले पनि कुवेतमा काम गरिरहेको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

जन–जागृति युवा समाज कुवेतले उपचारका लागि आर्थिक अभाव झेलिरहेकी नुवाकोट जिल्ला, किस्पाङ गाउँपालिका–१ निवासी ५५ वर्षीया याङ्जोम तामाङलाई आर्थिक सहयोग…

तनहुँ सेवा समाज कुवेतको चौथो अधिवेशन तथा २१३औँ भानु जयन्ती समारोह १० जुलाई २०२६ शुक्रबार कुवेतको मंगाफस्थित मेमोरिज हलमा भव्य…

इरानले अमेरिकी अधिकारीहरूलाई हालैका केही समुद्री घटनाबारे स्पष्टीकरण दिँदै ती आक्रमणहरू जानाजानी नभई हतियार प्रणालीको एउटा “त्रुटिपूर्ण (errant) भाग” का…

प्रतिकृयाहरू
...