Thursday 22nd October 2026

दुइ चोटिला मुक्तक – राम भण्डारी


(१)
किन हेलाँ आफ्नो देशको न्यानो माटो लाई ।
पिज्जा नजिक किन टाढा पिठो आँटो लाई ।
नेपाली हौं आफ्नै पनमा गर्वसाथ अघि बढौं
अंगालेर सगरमाथा पुग्ने छिटो बाटो लाई ।

(२)
बनायौं पथ चन्द्रमाको धर्ति मुनि शहर पनि ।
सकेनौं किन भगाउन पृथ्वी बाट कहर पनि ।
हे ईश्वर शक्ति देऊ मानव अस्तित्व बचाउन
बनाऊन कोरोनालाई सुई अथवा जहर पनि ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...