Thursday 22nd October 2026

विश्वभर एक करोड २५ लाखभन्दा बढी कोरोना संक्रमित निको भए


तितोपाटी – विश्वभर शनिबारसम्म एक करोड २५ लाख ५० हजार ६ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार शनिबारसम्म विश्वभरी एक करोड ९५ लाख ४९ हजार नौ सय एक जना संक्रमित भएका छन् ।  निकाे हुने घटाउँदा हाल विश्वभर सक्रिय संक्रमितको संख्या भने ६२ लाख ७५ हजार ८४ मात्र छ ।संक्रमितमध्ये ६४ हजार नौ सय ९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस संक्रमणको कारण विश्वभरी सात लाख २४ हजार एक सय ८६ जनाको  मृत्यु भएको पनि सो संगठनले जनाएको छ ।  डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ९५ हजार ७४८ जनामा कोरोना संक्रमित छन् । याे प्रकोपका कारण अमेरिकामा एक लाख ६४ हजार एक सय चारजनाको मृत्यु भइसकेको छ ।दक्षिण अमेरिकामा ४६ लाख २५ हजार चार सय ५४ जना संक्रमित छन् । यहाँ एक लाख ५६ हजार आठ सय तीनजनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५९ लाख ९६ हजार चार सय दुईजना संक्रमित छन् । यहाँ दुई लाख ३२ हजार १२४ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख १० हजार पाँच सय १० जना कोरोना संक्रमितमध्ये भएकोमा दुई लाख ५ हजार ६४५ को मृत्यु भएको छ ।एसियामा ४८ लाख ६८ हजार सात सय ४६ जनामा कोरोना संक्रमण छ । यहाँ एक लाख ६ हजार सात सय ४२ जनाको मृत्यु भएको छ । अफ्रिकामा दश लाख २५ हजार चार सय ६४ जनामा संक्रमित भएका छन भने २२ हजार पाँच सय ५३ जनाको मृत्यु भएको छ ।  ओसियानामा २२ हजार पाँच सय ७२ जना संक्रमित भएको र तीन सय चारजनाको मृत्यु भएको छ ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

वेबसाइट निर्माण र सञ्चालनका लागि विश्वभर व्यापक रूपमा प्रयोग हुने ‘पीएचपी’ (PHP) नामक प्रोग्रामिङ भाषामा दुई गम्भीर सुरक्षा कमजोरी फेला…

साउदी अधिकारीहरूका अनुसार यमनतर्फबाट आएको भनिएको ड्रोनले शैबाह तेल क्षेत्रमा रहेको प्रशोधन केन्द्रलाई निशाना बनाएको थियो। साउदीको हवाई प्रतिरक्षा प्रणालीले…

साउदी अरबको पूर्वी प्रान्तस्थित शायबह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली कामदार र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।…

प्रतिकृयाहरू
...