Saturday 17th October 2026

भारतको केरलामा विमान दुर्घटना हुँदा २ जना पाइलट सहित कम्तिमा १७ जनाको मृत्यु


तितोपाटी – संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इन्डिया एक्सप्रेसको बोइङ ७३७ यात्रुवाहक विमान दक्षिण भारतीय राज्य केरलास्थित एउटा विमानस्थलमा अवतरणको समयमा चिप्लिएर दुर्घटनाग्रस्त हुँदा २ जना पाइलट सहित कम्तीमा १७ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएको थियो । तेस्रो पटकको प्रयासमा दुर्घटना भयो र विमान दुई टुक्रा भएको कुरा भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । बन्दे भारत मिसनअन्तर्गत विदेशमा रहेका भारतीय नागरिक फर्काउने क्रममा जहाज दुबईबाट केरला पुगेको थियो ।

हवाईजहाजमा चालक दलका सदस्यसहित १९१ जना भएको बताइएको छ। दुर्घटनामा विमानका क्याप्टेन दीपक वसन्त साठे, को–पाइलट अखिलेससहित चालक दलका सदस्यको पनि मृत्यु भएको छ भने घाइते भएका १२३ जना यात्रुहरुलाई अस्पताल भर्ना गरिएको छ । २० जना घाइते गम्भीर अवस्थाका छन् । सो विमानमा भिसाको म्याद सकिएका, जागिर गुमेका, घुम्न गएको बेला कोरोना महामारी सुरु भएपछि दुबईमै रोकिएका यात्रुहरु थिए ।

कारीपुर पनि भनिने विमानस्थलमा दुर्घटनाग्रस्त भएको जहाजमा जम्मा एक सय ९१ जना सवारमध्ये १० जना नवजात शिशुसहित एक सय ८४ यात्री, दुईजना पाइलट, पाँचजना चालक दलका सदस्य थिए । भारतीय समयअनुसार साँझ ७:४० मा विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट ३५ फिट तल चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...