Friday 2nd October 2026

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो


तितोपाटी – नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २००८६ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५३३८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ९३ जना कोरोना जितेर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शनिबार अपरान्ह सम्म कुल १४४९२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख ८२ हजार  ४ सय ९० जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा ११ हजार ५ सय ३३ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ७७ लाख ९३ हजार भन्दा बढि संक्रमित भइ १ करोड ११ लाख ८५ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ८३ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसी राज्यमा १९९५ को हत्या अभियोगमा मृत्युदण्ड सजाय पाएकी ४९ वर्षीया क्रिस्टा पाइकमाथि विषाक्त औषधि प्रयोग गरेर मृत्युदण्ड दिने…

अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य…

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

प्रतिकृयाहरू
...