Saturday 24th October 2026

गुल्मीमा पहिरोको ढुङ्गाले किचेर एकै परिवारका ४ जनाको मृत्यु


तितोपाटी – गुल्मीमा शक्रबार साँझ  अविरल वर्षा ससँगै आएको पहिरोको ढुङ्गाले किचेर ४ जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ को बम्घामा बोटेमाझी थरकी १ महिला र उनका २ छोरा तथा १ छोरीको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।

घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु छ भने घरमुली भने रोजगारीको शिलशिलामा भारतमा रहेका छन् ।

घटना शुक्रबार राति करिब साढे सात बजेको हो । घटना शुक्रबार राति करिब साढे सात बजेको हो । सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए । घटनास्थलमा इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली परिचालन गरिएको थियो ।

 


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...