Friday 2nd October 2026

प्रहरी प्रधान कार्यालयका थप ९ जनामा कोरोना


तितोपाटी – प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थप ९ जना संक्रमित थपिएको पुष्टि गरे।उनले थपिएका संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी दिए।

नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। अधिकांश संक्रमितहरू चालक, मेकानिक्स र मेसमा काम गर्ने छन्। मुख्यालयमै संक्रमणको जोखिम बढेपछि थप सतर्कता अपनाइएको छ। प्रवक्ता कडायतले संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएको बताए।यस्तै थप कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको छ। संक्रमित संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

मुख्यालयमा संक्रमण कसरी फैलियो भन्ने कुरा अझै यकिन भएको छैन। यद्यपी सुरूमा दुई चार जना सुरक्षाकर्मीमा ज्वरो देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। पछि उनीहरूको सम्पर्कमा आएका अन्य कर्मचारीको परीक्षण गर्दा संक्रमित संख्या बढेको हो।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इरान नजिकको क्षेत्रमा अर्को युद्धपोत, हजारौं सैनिक र लडाकु विमान पठाउने निर्णय गरेको छ। यससँगै त्यस क्षेत्रमा अमेरिकी सैन्य…

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

प्रतिकृयाहरू
...