Monday 24th August 2026

अनुशासन समितिको नियत र कार्यक्षमतामाथि रामचन्द्र पौडेलले उठाए प्रश्न


तितोपाटी – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता र नियतमाथि गम्भीर प्रश्न उठाएका छन् । पौडेलले आज समाजिक संजालमा टिप्पणी गर्दै वागी उमेदवार, उमेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तीलाई विधानको एउटै दफा प्रयोग गरि कारवाही गरेको भन्दै अनुशासन समितिको नियतमाथि प्रश्न उठाएका हुन् ।

उनले विगत  निर्वाचनमा पार्टीका आधिकारीक उमेदवारविरुद्ध उमेदवारी दिने ३२ जना उमेदवार र प्रस्तावक समर्थकलाई नेपाली कांग्रेसको विधानको दफा ४ वमोजिम पार्टी सदस्यता नरहने गरी निस्काशित गर्दा तनहूँ क्षेत्र नं १ मा वागी उम्मेदवारलाई कारवाही नगरेकोमा समेत असन्तुष्टी जनाएका छन् ।

उनले तनहुँ क्षेत्र नम्बर १ मा वागी उमेदवारी दर्ता गरेका गोविन्दराज जोशीसँग जोडेर सिटिङ्ग संसद तथा उम्मेदवारी खेसिएका कैलालीका श्रीपुष्कर ओझालाई स्पष्ट आधार र कारण बिना विधानको दफा ३४ वमोजिम ५ वर्षको लागि पार्टीबाट निष्कासन गर्ने गरी कारवाही गर्नु नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमता माथि गम्भीर प्रश्न उठेको उल्लेख गरेका छन् ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको…

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

प्रतिकृयाहरू
...