Friday 11th September 2026

राप्रपा परित्याग गरेका थापा कांग्रेसमा प्रवेश गरे


तितोपाटी – गत शनिबार राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा औपचारिक रूपमा कांग्रेसमा प्रवेश गरेका छन् ।

राप्रपाबाट पुर्वमन्त्री समेत रहिसकेका थापाले आफ्‍नै बुबा सुर्य बहादुर थापा लगायतले गठन गरेको पार्टी परित्याग गर्दै उनी मंगलबार कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रममा नेता थापालाइ शेरबहादुर देउवाले पार्टी सदस्यता कार्ड प्रदान गरि कांग्रेसमा प्रवेश गराएका थिए । थापाले अाफ्नो साथमा दर्जनाै केन्द्रिय नेता तथा कार्यकर्ता समेत लिएर कांग्रेस प्रवेश गरेका हुन् ।

कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाबीच एकता भए पछि राप्रपाले परिवर्तनलाई आत्मसात गर्न नसकेको भन्दै सैद्धान्तिक विमतिको कारण उनले शनिबार पार्टी त्याग गरेका थिए।

राप्रपाले राजतन्त्र र हिन्दु राष्ट्रको मागलाई उठाएर अगाडि बढ्ने राजनीतिक योजना अगाडि सारेकोमा थापाले विगतदेखि नै असहमति राख्दै आएका थिए । उनले गणतान्त्रिक संविधान पनि मान्ने र राजतन्त्र पनि ल्याउनुपर्छ भन्ने कुरा सही दिशा नभएको कुरा राख्दै आएका थिए ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...