Friday 23rd October 2026

राप्रपा परित्याग गरेका थापा कांग्रेसमा प्रवेश गरे


तितोपाटी – गत शनिबार राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा औपचारिक रूपमा कांग्रेसमा प्रवेश गरेका छन् ।

राप्रपाबाट पुर्वमन्त्री समेत रहिसकेका थापाले आफ्‍नै बुबा सुर्य बहादुर थापा लगायतले गठन गरेको पार्टी परित्याग गर्दै उनी मंगलबार कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित कार्यक्रममा नेता थापालाइ शेरबहादुर देउवाले पार्टी सदस्यता कार्ड प्रदान गरि कांग्रेसमा प्रवेश गराएका थिए । थापाले अाफ्नो साथमा दर्जनाै केन्द्रिय नेता तथा कार्यकर्ता समेत लिएर कांग्रेस प्रवेश गरेका हुन् ।

कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाबीच एकता भए पछि राप्रपाले परिवर्तनलाई आत्मसात गर्न नसकेको भन्दै सैद्धान्तिक विमतिको कारण उनले शनिबार पार्टी त्याग गरेका थिए।

राप्रपाले राजतन्त्र र हिन्दु राष्ट्रको मागलाई उठाएर अगाडि बढ्ने राजनीतिक योजना अगाडि सारेकोमा थापाले विगतदेखि नै असहमति राख्दै आएका थिए । उनले गणतान्त्रिक संविधान पनि मान्ने र राजतन्त्र पनि ल्याउनुपर्छ भन्ने कुरा सही दिशा नभएको कुरा राख्दै आएका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

प्रतिकृयाहरू
...