Thursday 10th September 2026

गजल -राम भण्डारी


गजल

झरि परेपछि मन त्यत्तिकै आतिने रहेछ ।
पल पलमा झस्किंदै रात काटिने रहेछ ।।

कोभिड,बाढी,पहिरो,डुबानको मारले
खाटा बसेको घाउ फेरि फाटिने रहेछ ।।

क्षणभरमै हेर्दाहेर्दै गाउँ नै सखाप पार्दै
बिस्वासै नलाग्ने ठाउँमा भासिने रहेछ ।।

निर्दयी बनेर प्रकृतिले ताण्डब देखाउदा
बिनाशले ठूलो धन र जन मासिने रहेछ ।।

श्रावणमा झम्-झम् झरिको आवाजले
मन तरंगित, शरीर झन काठिने रहेछ ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...