Thursday 22nd October 2026

गजल -राम भण्डारी


गजल

झरि परेपछि मन त्यत्तिकै आतिने रहेछ ।
पल पलमा झस्किंदै रात काटिने रहेछ ।।

कोभिड,बाढी,पहिरो,डुबानको मारले
खाटा बसेको घाउ फेरि फाटिने रहेछ ।।

क्षणभरमै हेर्दाहेर्दै गाउँ नै सखाप पार्दै
बिस्वासै नलाग्ने ठाउँमा भासिने रहेछ ।।

निर्दयी बनेर प्रकृतिले ताण्डब देखाउदा
बिनाशले ठूलो धन र जन मासिने रहेछ ।।

श्रावणमा झम्-झम् झरिको आवाजले
मन तरंगित, शरीर झन काठिने रहेछ ।।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय…

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

प्रतिकृयाहरू
...