Thursday 22nd October 2026

बाग्लुङमा पहिरो हटाउने क्रममा टिपर र ट्र्याकटर चालक बेपत्ता, सबारी साधन पनि पुरिए


तितोपाटी –  बागलुङ नगरपालिका–१ निरयघाट नजिक शनिबार राती खसेको पहिरोले तीनवटा सवारी साधन पुरिएका छन् भने पहिरोमा दुई जना युवक बेपत्ता भएका छन् ।सडकमा पहिले देखि खसेको पहिरो हटाउन गएका स्काभेटर, टिपर र ट्र्याक्टरलाइ माथिबाट झरेको पहिरोले पुरेको छ भने टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्काभेटर चालक भने भाग्न भ्याएका थिए भने बेपत्ताहरूको खोजी भइरहेको छ ।

ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध१च ४७ नंको ट्र्याक्टर र ग१ख ४६३७ नंको टिपर र स्काभेटर पुरिएको हो। स्काभेटरको नम्बर खुलेको छैन।

पहिरा गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो। सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए।निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको छैन ।

 


सम्बन्धित शीर्षकहरु

गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय…

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

प्रतिकृयाहरू
...