Thursday 1st October 2026

कुवेत लगायत अन्य देशमा कोरोमा संक्रमणबाट १६० जनाको मृत्यु


तितोपाटी- विदेशमा यो साता थप १६ जना काेराेना संक्रमित नेपालीको मृत्य भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना र युएईमा ५ जनाको मृत्यू भएको हो।
कतारमा मृत्यु भएका ८ जनामध्ये २ जनाको मृत्यु हुनुभन्दा पहिले कोरोना पुष्टि भएको र बाँकी ६ जनाको मृत्युपछि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्णरुपमा कोरोना मुक्त भएका छन्। संघका अनुसार कोराना संक्रमित मध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन्। अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित सबै नेपाली निकाे भएका छन्। समितिका अनुसार मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन।

विदेशमा रहेका काेराेना संक्रमितमध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा सापकोटाका अनुसार भारत, साउदी, युएई र कुवेतमा मात्र ९ सय ५० जना नेपालीहरुमा यो साता कोरोना देखिएकाे छ। साभार नेपाललाइभ बाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...