Friday 23rd October 2026

कुवेत लगायत अन्य देशमा कोरोमा संक्रमणबाट १६० जनाको मृत्यु


तितोपाटी- विदेशमा यो साता थप १६ जना काेराेना संक्रमित नेपालीको मृत्य भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना र युएईमा ५ जनाको मृत्यू भएको हो।
कतारमा मृत्यु भएका ८ जनामध्ये २ जनाको मृत्यु हुनुभन्दा पहिले कोरोना पुष्टि भएको र बाँकी ६ जनाको मृत्युपछि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्णरुपमा कोरोना मुक्त भएका छन्। संघका अनुसार कोराना संक्रमित मध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन्। अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित सबै नेपाली निकाे भएका छन्। समितिका अनुसार मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोना भाइरसको संक्रमण रोकिएको छैन।

विदेशमा रहेका काेराेना संक्रमितमध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा सापकोटाका अनुसार भारत, साउदी, युएई र कुवेतमा मात्र ९ सय ५० जना नेपालीहरुमा यो साता कोरोना देखिएकाे छ। साभार नेपाललाइभ बाट


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...