Thursday 22nd October 2026

गजल -राम भण्डारी


गजल

निर्धक्क मनले तिम्रो फूलबारीमा डुल्न पाएँ ।
धानका बाला झैं तिम्रो मनभरी झुल्न पाएँ ।।

तिम्रो साथबाट कहिल्यै नछुट्टिने कसम खादै
जिन्दगीका ब्यथाहरु सधैंलाई भुल्न पाएँ ।।

अन्धकारमा रुमल्लिएर विलिन हुनै लाग्दा
रिमझिम झरिपछि निलो गगन झैं खुल्न पाएँ।।

अलौकिक सुवासको मन्द मन्द वासना दिएर
तिम्रो जिवनमा वसन्त बहार झैं फूल्न पाएँ ।।

धन्य छु म कुन फूलले श्रृंगारौं मेरी अर्धाङ्गिनी
तिम्रै सप्तरंगी ईन्द्रेणी रंगहरु सँग घुल्न पाएँ ।।

-राम भण्डारी


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...