Thursday 22nd October 2026

दुइ मुक्तक -राम भण्डारी


दुइ मुक्तक

१
यसैले घर-घरमा लफडा हुन्छ ।
यसकै सानो निहुँमा झगडा हुन्छ ।
किनहोला आजभोलि समाजमा
नाता भन्दा पैसा नै तगडा हुन्छ ।

२
असक्त भैसकें र पनि सबैको हाईहाई छु ।
आफ्नै बिष्लेषण म प्राणी मध्येको गाई छु ।
के भयो र कुकुर भुक्छ हात्ती लस्किदै गर्छ
अटेरी,जिद्दी अनि आजभोली दुई तिहाई छु ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हाल – काठमाडाैं


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...