Wednesday 21st October 2026

गजल -राम भण्डारी


गजल

भानु बन्न सजिलो छ भानुभक्त हुने को ?
लोकको हित निम्ति यहाँ आसक्त हुने को ?

साँच्चै सम्बेदनशील छौ कि मुख मात्रै हो
शब्द राम्रो राष्ट्रियता तर देशभक्त हुने को ?

मोतीले दिए भानुलाई आदिकवि उपमा
भानुभक्त झैं देशप्रेमी राष्ट्रभक्त हुने को ?

अनुसरण घाँसीका सुन्दर सरल बिचार
बुझेर मूलभेद देश निम्ति शसक्त हुने को ?

अनुसरण केहि गरेर मात्रै पनि घाँसीको
उत्प्रेरित पो हुनुपर्छ निराश,बिरक्त हुने को ?

-राम भण्डारी


सम्बन्धित शीर्षकहरु

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

दक्षिण अमेरिकी देश कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु…

प्रतिकृयाहरू
...