Saturday 26th September 2026

ओली र प्रचण्डबीच अढाइ घण्टा छलफल, सहमतिबाटै अघि बढ्ने निष्कर्ष


तितोपाटी डटकम-प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार अढाइ घण्टा छलफल भएको छ।

नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच बिहान साढे ११ देखि २ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो।

बालुवाटार स्रोतका अनुसार दुई नेताबीच सहमतिमै अघि बढ्ने, सहमतिको आधार खोजेर पार्टी र सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने समझदारी भएको छ।

स्थायी समितिका बहुमत सदस्यले सरकारका काम कारबाहीमा गम्भीर सवाल उठाउँदै प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका बेला दुई नेताबीच सहमतिको बाटो खोज्ने विषयमा परामर्श भएको हो।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न दबाब दिइरहेका छन्। ओलीले आफू प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने अडान लिँदै आएका छन्।

बुधबारको स्थायी समिति बैठकअघि ओली र प्रचण्डबीच छलफल हुने छ। स्थायी समितिको बैठक बस्नुअघि बुधबार सहमतिको बिन्दु पहिल्याउने प्रयासमा दुई नेता संवादमा जुटिरहेका छन्।

पछिल्लो समय पार्टीभित्र देखिएको आन्तरिक विवाद र शक्तिसंघर्ष कारण दुई अध्यक्षबीच तिक्तता बढेपछि सोमबारदेखि ओलीले केही सकारात्मक संकेत गरेको नेकपाका एक नेताले बताए।

बुधबारको स्थायी समिति बैठकअघि ओली र प्रचण्डबीच छलफल हुने छ। स्थायी समितिको बैठक बस्नुअघि बुधबार सहमतिको बिन्दु पहिल्याउने प्रयासमा दुई नेता संवादमा जुटिरहेका छन्।

विवादकै कारण जारी स्थायी समिति बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। बैठकअघि दुई अध्यक्षबीच सहमति कायम गराउनका लागि दोस्रो तहका नेताहरूको पनि दौडधूप बढिरहेको छ।

यसअघि, सोमबारको छलफलमा आवश्यक पर्दा वरिष्ठ नेताहरूलाई पनि छलफलमा सहभागी गराउने समझदारी बनेको थियो।

बालुवाटार स्रोतका अनुसार आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतलाई पनि सहमतिमा ल्याउने विषयमा छलफल भएको छ।

सोमबारका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक पनि दुई दिनका लागि स्थगित भएको छ।
साभार-जीएनएन


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...