Tuesday 29th September 2026

कुवेत लगायत अन्य देश बाट आज १० उडानमार्फत् नेपाली स्वदेश फर्कंदै


तितोपाटी- कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली कामदार उद्धार गर्ने कार्य जारी छ । बुधबार मात्र खाडीका देश र मलेसियाबाट १० उडानमार्फत् नेपाली स्वदेश फर्कंदै छन् ।
आज कतारबाट १ सय ५४ जना नेपाली बिहान काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
साथै, कतारबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत् ६ महिला र १ सय ४८ पुरुष आज स्वदेश आएका छन् । जहाजले कतारमा ज्यान गुमाएका १ नेपालीको शव पनि ल्याएको छ ।
बुधबार हिमालय एअरलाइन्सको अर्को चार्टर्ड उडानमार्फत् पनि कतारबाट नेपाली ल्याउने कार्यतालिका रहेको विमानस्थलले जानकारी दिएको छ ।

त्यस्तै, यूएईको दुबईबाट नेपाल एअरलाइन्स र अबुधाबीबाट हिमालय एअरलाइन्सले नेपाली लिएर आउने छन् भने दुबईबाट फ्लाई दुबईले पनि नेपाली लिएर आउँदैछ ।
आजै कुवेतले आममाफीमा सहभागी नेपालीलाई जजिरा एअरको २ उडानमार्फत् नेपालीलाई स्वदेश पठाउँदैछ ।
साउदीको रियाद र दमामबाट हिमालय र नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत् पनि नेपाली स्वदेश फर्कंदै छन् ।
मलेसियाको क्लालाम्पुरबाट मलेसियन एअरलाइन्स पनि आज नेपाल आउँदैछ । आज साउदीबाट पनि २ उडानमार्फत् नेपाली स्वदेश फर्कंदै छन् । बुधबार नै नेपाल एअरलाइन्सका जहाज नेपाली लिन कुवेत र साउदीको जेद्दा जाँदैछन् ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...