Sunday 25th October 2026

कुवेत लगायत अन्य देश बाट आज १० उडानमार्फत् नेपाली स्वदेश फर्कंदै


तितोपाटी- कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली कामदार उद्धार गर्ने कार्य जारी छ । बुधबार मात्र खाडीका देश र मलेसियाबाट १० उडानमार्फत् नेपाली स्वदेश फर्कंदै छन् ।
आज कतारबाट १ सय ५४ जना नेपाली बिहान काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
साथै, कतारबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत् ६ महिला र १ सय ४८ पुरुष आज स्वदेश आएका छन् । जहाजले कतारमा ज्यान गुमाएका १ नेपालीको शव पनि ल्याएको छ ।
बुधबार हिमालय एअरलाइन्सको अर्को चार्टर्ड उडानमार्फत् पनि कतारबाट नेपाली ल्याउने कार्यतालिका रहेको विमानस्थलले जानकारी दिएको छ ।

त्यस्तै, यूएईको दुबईबाट नेपाल एअरलाइन्स र अबुधाबीबाट हिमालय एअरलाइन्सले नेपाली लिएर आउने छन् भने दुबईबाट फ्लाई दुबईले पनि नेपाली लिएर आउँदैछ ।
आजै कुवेतले आममाफीमा सहभागी नेपालीलाई जजिरा एअरको २ उडानमार्फत् नेपालीलाई स्वदेश पठाउँदैछ ।
साउदीको रियाद र दमामबाट हिमालय र नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत् पनि नेपाली स्वदेश फर्कंदै छन् ।
मलेसियाको क्लालाम्पुरबाट मलेसियन एअरलाइन्स पनि आज नेपाल आउँदैछ । आज साउदीबाट पनि २ उडानमार्फत् नेपाली स्वदेश फर्कंदै छन् । बुधबार नै नेपाल एअरलाइन्सका जहाज नेपाली लिन कुवेत र साउदीको जेद्दा जाँदैछन् ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...