Thursday 1st October 2026

गजल – राम भण्डारी


गजल

जिवन फूल जस्तै बगैंचामा‌ फूलाउनु पर्छ ।
सुनौला धानका बाला झैं झुलाउनु पर्छ ।।

के नै छ र मरेपछि लैजान पाउने साथमा
बन्द मनका ढोकाहरु अब खुलाउनु पर्छ ।।

खुलेको निलो आकाश झैं तन मन बाटै
जति छन् पिडा मनमा सबै भुलाउनु पर्छ ।।

केहि गर्ने जोस अनि जाँगर बोकेर मनमा
जगतै भरि ज्ञानमय नजर डुलाउनु पर्छ ।।

स्वच्छ कलकल निर्मल झरनाको पानीले
अब मन-मस्तिष्कको कालो धुलाउनु पर्छ ।।

कुना कन्दरा बाट सपनाहरुलाई संगालेर
त्यसैमाथि ईन्द्रेणी रंगहरुलाई घुलाउनु पर्छ ।।


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...