गजल
जिवन फूल जस्तै बगैंचामा फूलाउनु पर्छ ।
सुनौला धानका बाला झैं झुलाउनु पर्छ ।।
के नै छ र मरेपछि लैजान पाउने साथमा
बन्द मनका ढोकाहरु अब खुलाउनु पर्छ ।।
खुलेको निलो आकाश झैं तन मन बाटै
जति छन् पिडा मनमा सबै भुलाउनु पर्छ ।।
केहि गर्ने जोस अनि जाँगर बोकेर मनमा
जगतै भरि ज्ञानमय नजर डुलाउनु पर्छ ।।
स्वच्छ कलकल निर्मल झरनाको पानीले
अब मन-मस्तिष्कको कालो धुलाउनु पर्छ ।।
कुना कन्दरा बाट सपनाहरुलाई संगालेर
त्यसैमाथि ईन्द्रेणी रंगहरुलाई घुलाउनु पर्छ ।।