Sunday 25th October 2026

चार्टर्ड उडानमार्फत् बहराइनबाट २७३ जना स्वदेश फर्किए


तितोपाटी- बहराइनबाट नेपाल एअरलाइन्सको दुई वटा चार्टर्ड उडानमार्फत २ सय ७३ जना नेपाली स्वदेश फर्किएका छन् ।

पहिलो उडानमार्फत १ सय ४२ जना र दोस्रो उडानमार्फत १ सय ३१ जना शुक्रबार बिहान स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।दुई जहाज २५ मिनेटको अन्तरमा काठमाडौंमा अवतरण गरेका हुन् ।यस्तै अहिले साढे ११ बजे कुवेतबाट पनि आममाफी पाएका नेपाली स्वदेश आइपुग्नेछन् ।

झण्डै १५० जनालाई जजिरा एअरलाइन्समार्फत कुवेतले निःशुल्क स्वदेश पठाइदिएको हो । शुत्रबार मलेसियाको क्लालाम्पुरबाट पनि नेपाली स्वदेश फर्कंदै छन् ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...