Sunday 25th October 2026

साउदीको दमामबाट १ सय ५४ नेपाली स्वदेश फर्किए


तितोपाटी- साउदीको दमामबाट १ सय ५४ जना नेपाली स्वदेश फर्किएका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत् १ सय ५४ नेपालीनेपाली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

यो उडानमार्फत् स्वदेश फिर्तीका लागि ४ सय ४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको थियो । साउदीमासमस्यामा परेका अन्य नेपालीको स्वदेश फिर्तीको लागि प्रक्रिया अघि बढेको पनि दूतावासले जनाएको छ ।

साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको हो पहिलो उडान हो । साउदीको दमामबाट हिमालय एअरलान्सलेदोस्रो उडान शनिबार भर्नेछ । 

यो उडानमार्फत् स्वदेश फिर्तीका लागि २२६ प्राथमिकतामा परेका छन् । यस्तै, साउदीको रियादबाट नेपाल एअरलाइन्सले २१ जुनमासाउदीबाट उडान भर्नेछ । यस्तै, आज माल्दिभ्सबाट पनि १ सय ५० जना, कुवेत र कतारबाट पनि नेपाली स्वदेश फर्कंदै छन् । कुवेत र कतारबाट कति नेपालीफर्कंदै छन् भनेर संख्या भने यकिन भएको छैन । साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...